लुम्बिनी प्रदेश सरकार

उद्योग, पर्यटन तथा यातायात मन्‍त्रालय

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

घरेलु तथा साना उद्योग कार्यालय

घोराही, दाङ

घरेलु तथा साना उद्योग कार्यालय, घोराही दाङको प्रकृती र स्वरुपः 

  शुरुमा उद्यमशिलता र  सीपमुलक तालिमको मात्र कार्य गर्ने गरेको यस कार्यालयको स्थापना २०३९ सालमा भएको हो । त्यसपछी लघु घरेलु र कम पूँजी भएका साना उद्योगको  प्रशासनिक कार्य गर्ने गरेको यस कार्यालयमा २०६३ साल बैशाख देखि वाणिज्य प्रशासन समेतको कार्य थप भएको छ । हाल आएर यस कार्यालयले रु ५ (पाँच) करोड सम्म पूँजी रहेको साना उद्योगको प्रशासनिक कार्य र २ करोड सम्म पूँजी रहेको वाणिज्य प्रशासनको कार्य गर्ने गर्दछ ।

   घरेलु तथा साना उद्योग कार्यालय, घोराही दाङको काम, कर्तव्य र अधिकारः

१. उद्योग प्रशासन सम्बन्धी कार्यः नयाँ उद्योग दर्ता, नविरकण, नामसारी ठाउँसारी, पूँजी वृद्धी, उद्योग खारेजी आदी, 
२. वाणिज्य प्रशासन सम्बन्धी कार्यः वाणिज्य फर्म दर्ता, नविरकण, नामसारी ठाउँसारी, पूँजी वृद्धी, लगत कट्टा आदी,
३. उद्योग प्रवर्धन सम्बन्धी कार्यः विभिन्न सीपमुलक तालिम कार्यक्रमहरु संचालन,
४. उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यः उपभोक्ता जागरण र बजार अनुगमन ।