यस कार्यालयको स्थापना वि.स. २०३९ सालमा भएको हो। स्थापना भए पश्चात लघु घरेलु र कम पूँजी भएका साना उद्योगको प्रशासनिक कार्य गर्ने गरेकोमा २०६३ साल वैशाख महिना देखि वाणिज्य प्रशासनको समेत कार्य थप भएको हो । हाल कार्यालयले रु.५ (पाँच) करोडसम्म पूँजी रहेका साना उद्योग प्रशासनिक कार्य र रु.२ (दुई) करोडसम्म पुँजी रहेका वाणिज्य फर्मको प्रशासनिक कार्य गर्दै आएको छ।